बुटवल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित भएका छन् ।
नगर कार्यसमितिको निर्वाचनमा भण्डारीले ४११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे ।
त्यस्तै, उपसभापतिमा गणेश घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ३४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तीर्थराज काफ्लेले २५७ मत पाए ।
महिला उपसभापतिमा गंगा पन्थी निर्वाचित भएकी छन् । पन्थीले ३८० मत प्राप्त गर्दा करुणा मल्लले २३९ मत प्राप्त गरिन् ।
सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित भएका छन्। गिरीले ३४९ मत प्राप्त गर्दा रमेशप्रसाद अधिकारीले २२० मत पाए ।
सहसचिवमा नारायण खनाल निर्वाचित भएका छन् । खनालले ३०४ मत प्राप्त गर्दा सूर्यप्रसाद काफ्लेले २६४ मत प्राप्त गरे ।
युवा खुला सदस्यतर्फ सगुन पुन र डा। सन्तोषप्रसाद ढकाल निर्वाचित भएका छन् । पुनले ३८४ तथा डा। ढकालले ३६१ मत प्राप्त गरेका छन् ।
नगर समितिको नेतृत्वका लागि भण्डारी र मल्लले छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए । भण्डारी समूहबाट गणेश घिमिरे, गंगा पन्थी, अर्जुन गिरी र नारायण खनाल उम्मेदवार बनेका थिए भने मल्ल समूहबाट तीर्थराज काफ्ले, करुणा मल्ल, रमेशप्रसाद अधिकारी र सूर्यप्रसाद काफ्ले उम्मेदवार थिए ।
नगर समितिको निर्वाचनमा कुल ६६९ मतदाता रहेकामा ६४८ मत खसेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।
















प्रतिक्रिया