४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो ।

खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे । नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो ।

नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो । नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलङ्कालाई प्रतिस्पर्धी पाएको थियो । श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

नेपाल आइसिसी टी-२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ६ : २९ बजे

Your email address will not be published.

नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा

नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

काठमाडौं ।टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

भक्तपुर । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।