१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित तथा इएचएस(अतिरिक्त सेवा अवधि) अन्तरगत सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गरिएको हो ।

सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा शल्यक्रिायका लागि आउने बिरामीको सङ्ख्या अत्याधिक रहेको र महिनौंसम्म पालो कुर्नु पर्ने अवस्था रहेको बताइएको छ । अस्पतालमा सर्जिकल विभागको शुक्रबार आयोजित क्लिनिक अडिटमा तथ्याङ्क प्रस्तुत गर्दै सर्जिकल विभाग प्रमुख रचना कार्कीले चुनौति र सुधारका योजनाहरु प्रस्तुत गरिन् । कार्कीका अनुसार भाद्र महिनामा नियमित तर्फ ४९७ र ईएचएस तर्फ २४४ जनाको शल्यक्रिया गरिएको हो ।

सेवा परीक्षण कार्यक्रममा बोल्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीको चाप, उपलब्ध जनशक्ति तथा स्रोत साधनको अवस्थालाई मध्यनजर गरि सबैले अधिकतम प्रयास लगनशिलतामा जोड दिए । यसैगरी सेवाग्राहीलाई सरल र सौहार्द परामर्शमा जोड दिए । छलफलमा अस्पतालका विभागीय प्रमुखहरुले सेवाको अवस्था, चुनौति र समाधानका उपायहरु बारे सुझाव प्रस्तुत गरेका थिए ।

नर्सिङ विभाग प्रमुख नेहा थापाको सञ्चालनमा भएको कार्यक्रममा मेडिकल सुपेरीटेन्डेन डा. विष्णु गौतमले सेवालाई प्रभावकारी बनाउनका लागि सामुहिक पहलमा जोड दिए । सबै सेवाको समय-समय समयमा परीक्षण तथा मूल्याङ्न गर्न आवश्यक रहेको बताउँदै उनले जिम्मुवारपूर्ण भएर लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ६ : ३३ बजे

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१

पार्टीलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका