१७ आश्विन २०८३, शनिबार | October 3, 2026

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका तराई भू-भागमा पनि आंशिक बदली रहने पूर्वानुमान छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा देशका तराई भू-भागमा आंशिक बदली रहनेछ । तराई भू-भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा राति हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : २५ बजे

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

बुटवल । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित

फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पुल

आर्थिक नियम उल्लङ्घनमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीको अपिल

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले प्रिमियर लिगको आर्थिक नियम

तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

तनहुँ । जिल्लामा पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव