१७ आश्विन २०८३, शनिबार | October 3, 2026

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन् ।

नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रियामा उनले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताए ।

कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उनले भने, “कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ । तथ्याङ्क घट्दो अवस्थामा रहेको र कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या बढ्दै गएको देखिएको छ ।”

मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेद्को डरले रोग लुकाउने अवस्था रहेको भए पनि पछिल्लो समय त्यस्तो अवस्था क्रमशः कम हुँदै गएको उल्लेख गरे । तर, जनचेतना अभिवृद्धिका लागि अझै धेरै काम गर्नुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनुपर्ने धारणा राखे। रोगका कारण हुने सामाजिक विभेद् अन्त्य गर्न राज्यका कार्यक्रमसँगै समुदायस्तरमा चेतना विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानव अधिकारसँग जोडिएको विषय भएको बताए । उनले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताए ।

वरिष्ठ छाला रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटाका अनुसार आर्थिक वर्ष २०८१र८२ मा नेपालमा दुई हजार ४०९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । उपचारमा रहेका बिरामीको सङ्ख्या दुई हजार ६०८ रहेको छ ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५४७ जना कुष्ठरोगका बिरामी छन् । कुष्ठरोगका कारण हुने लाञ्छना र भेद्भाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताइन ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ५ : २५ बजे

ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी

भूगर्भविद्को टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

म्याग्दी । भूगर्भविद्हरूको टोलीले शनिबारदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग

लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कुष्ठरोग निवारणलाई प्राथमिकतामा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार