१८ आश्विन २०८३, आइतबार | October 4, 2026

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे



काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै अध्यक्ष खड्गेले दुई देशका राजनीतिक दलबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गरेका छन् । उनले कांग्रेसको महाधिवेशन संस्थापक नेता बिपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य(मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसर भएको बताए ।

“राष्ट्रिय महाधिवेशन वास्तवमा तपाईंका संस्थापक स्वर्गीय बिपी कोइरालाले अगाडि बढाउनुभएको लोकतान्त्रिक मूल्य(मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार(विमर्श गर्ने महत्त्वपूर्ण अवसर हो”, अध्यक्ष खड्गेले सन्देशमा भने ।

उनले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उल्लेख गरे। “म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च सम्मान गर्दछु”, अध्यक्ष खड्गेले भनेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ३२ बजे

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय

लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग फेरि सहकार्य गर्छौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र

राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट विकास रणनीति, दूरदृष्टि

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय