१९ आश्विन २०८३, सोमबार | October 5, 2026

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी



भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो ।

आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिए ।

उनका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पुर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिए । आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिरहेको छ ।

आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण समेत गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : १८ बजे

विपद् व्यवस्थापनमा सरकार गम्भीर भएर जुटेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।