४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमित थपिनेमा बुटवल उपमहानगरले लुम्बिनी प्रदेशका सबै पालिकाको नेतृत्व गर्दै, आज थपिए १०८ जना



बुटवल । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा लगातार कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ । पछिल्लो हप्तामा रुपन्देहीमा ३ अंकले कोरोना संक्रमित थपिईरहेकोमा शुक्रबार जिल्लाको बुटवल उपमहानगरमा नै ३ अंकका दरले कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहामनगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलमा शुक्रबार १०८ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरको ११ नम्बर वार्डले बिगत अग्रता लिँदै गरेकोमा शुक्रबार भने वार्ड नमबर ४ ले उछिन्दै एकै दिन २८ जना नयाँ संक्रमित थपेको छ । वार्ड नम्बर ११ मा २३ जना संक्रमित थपिएका छन् । बुटवलको ८ मा ११, ७ मा १०, वार्ड नमबर ९ र १० मा ६।६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि १३ मा ५, ३, ६ र १४ मा ३।३ जना, १२ र १९ मा २।२ जना तथा १५ मा १ जना र वार्ड नख्ुलेको ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा आज थपिएसँगै कुल संक्रमितको संख्या १९४५ पुगेको छ । उपमहानगरका बिभिन्न आइसोलेसन तथा होम आइसोलेसनमा अहिले पनि ८७६ जनाले कोरोना संक्रमिण मुक्तिको प्रतिक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ५९ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ