१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित



काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा विराटनगरले आज राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो ।

सुदूरपश्चिमले दोस्रो हारको सामना गर्यो । आफ्नो तेस्रो खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पाँच ओभरमा झारिएको खेलमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो ।

उसका लगि सेफ अली जेबले १० बलमा दुई छक्कासहित १७ रन बनाए । यस्तै, अविजित रहेका स्कट कुग्लाइनले २८ र आरिफ शेखले १७ रन जोडे ।

विराटनगरका लागि बलिङतर्फ रुपेश सिंह, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा दुई विकेट गुमाएर १०५ बनायो ।

उसका लागि शेहान जयसूर्याले ११ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ३९ रनको पारी खेले । यस्तै, आन्द्रे रसेलले अविजित २९ र लोकेश बमले २५ रन जोडे ।

बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहराले एक विकेट लिए । आजै हुने भनिएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ११ : ५० बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति