१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै



काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका एजेन्डा तय गर्न उनी नेपाल आउन लागेको जनाइएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्रीले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सम्बन्धका विविध आयाम र आपसी हितका विषयमा छलफल हुनेछ ।

“दुवै पक्षले नेपाल-भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गर्नुका साथै आपसी हितका विषयहरूमा विचार आदान–प्रदान गर्नेछन्,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

मिश्री कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : ४६ बजे

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री शाहसँग भेट्ने कार्यक्रम

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

चितवन । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच गुन्डुमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

काठमाडौं । रौतहटको गौरमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक