१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भाटभटेनीले वेच्यो खाद्य अनुज्ञापत्र नभएको मासु



काठमाडौं । भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु बिक्री गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो ।

महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु विक्रीका लागि राखिएको पाइएको बताए ।

भाटभटेनीले नेपालगंज देखि खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई विक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोनगरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले बताए ।

भाटभटेनी सुपरमार्केटले नेपालगंजबाट खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । भाटभटेनीले खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँमा र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु विक्री गर्दै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ३ : १२ बजे

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको