२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता कोरोना उपचार कोषमा जम्मा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता जम्मा गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता सरकारद्वारा खोलिएको कोरोना भाइरस संक्रमण तथा रोकथाम उपचार कोषमा जम्मा गरेको जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्ले सरकारका सबै मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा उपचार गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओले भने गत बैशाखदेखि नै आफ्नो मासिक पारिश्रमिक सोही कोषमा जम्मा गर्ने गरेका छन् ।

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरुको दशैं भत्ता पनि सोही कोषमा जम्मा गर्ने निर्णय भैसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : २९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले