१४ असार २०८३, आइतबार | June 28, 2026

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा जम्मा हुने



काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सबै सदस्यहरुले पाउने दशैं खर्चको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले यसबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुको एक महिना बराबरको दशैं भत्ता अब सरकारी कोरोना कोषमा जम्मा हुनेछ ।

मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुको दशैं भत्ता पनि कोरोना कोषमै जम्मा गर्न आग्रह गरेका छन् । यसअघि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको थियो भने सत्तारु नेपाल कम्युनिष्ट पार्टीले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले कोरोना उपचारबाट हात झिकोको भन्ने भनाइ गलत रहेका स्पष्ट पारे । गुरुङले पैसा तिर्न सक्ने वर्ग र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीको उपचार सरकारले नै गर्ने जनाए । पैसा तिर्न सक्नेले कोरोना परीक्षण र उपचार आफै गराउँदा सरकारलाई लक्षित सुमहलाई उपचार गर्न सहज हुने उनले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : १६ बजे

भावनाले होइन, आत्ममन्थनपछि मात्रै सम्भव छ कम्युनिस्ट एकता : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।