५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीमा कोरोना थपिनेको संख्या २ अंकमा झ-यो, बाँकेमा थपिए ६० संक्रमित



बुटवल । बिहिबार पनि लुम्बिनी प्रदेशका दुई प्रमुख जिल्ला रुपन्देही र बाँकेले कोरोना संक्रमित थप्ने कार्यमा प्रतिस्पर्धा गरेको देखिएको छ । रुपन्देहीमा ८३ जना नयाँ कोरोना संक्रमित थपिँदा बाँकेमा ६० जना थपिएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरमा सबैभन्दा बढी ३१ जना संक्रमित थपिएका छन् भने सुद्धार्थनगरमा २१ जना, तिलोत्तमामा १५ जना कोरोना संक्रमित थपिएकाछन् । त्यसैगरि सैनामैनामा ७ जना, देवदहमा ३ जना, रोहिणीमा २ तथा सुद्धोधन, सियारी, ओमसतिया र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा बिहिबार सम्ममा ६१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने ५४३१ जना जिल्लामा कुल संक्रमित पुष्टि भएका छन् ।

उता बाँकेमा बिहिबार २४ महिला र ३६ पुरुष गरि ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा पीसीआर ल्यावबाट आएको रिपोर्ट अनुसार भेरी अस्पतालबाट ३९ जना, नेपालगन्ज मेडिकल कलेजबाट १९ जना र बागेश्वरी ल्यावबाट २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेमा बिहिबार सम्ममा कुल संक्रमितको संख्या २९०१ जना पुगेको छ भने जिल्लामा २९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेमा उपचार गर्न आएका अन्य जिल्लाका १६ जनाको पनि बाँकेमा मृत्यु भएको छ । जिल्लमा अहिले सम्म २२७८ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १० : ३६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र