४ पुस २०८२, शुक्रबार | December 19, 2025

चितवन मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु



चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा अर्का एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार चितवनको राप्ती नगरपालिका वडा नं. ५ ककी ८४ वर्षीया महिलाको मृत्यु भएको हो ।

यही कात्तिक ५ गते स्वासप्रश्वास,र उच्च ज्वरोको समस्यासहित अस्पताल भर्ना भएकी ती वृद्धाको बिहीबार हिजो कोरोना पुष्टि भएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गर्दागर्दै आज बिहान ४ बजेर १९ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् । ती वृद्धालाई उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समस्या थियो ।

यसअघि चितवन मेडिकल कलेजमै भरतपुर महानगरपालिकाका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. ७ निवासी ती पुरुषलाई यही कात्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको ती पुरुषको आज बिहान ८ बजेर ४४ मिनेटमा मृत्यु भएको हो । ती पुरुष मृगौला र उच्च रक्तचापका बिरामी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १२ : ०१ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता