२० मंसिर २०८२, शनिबार | December 6, 2025

कारोेना संक्रमित थपिनेमा रुपन्देही अघिअघि बाँके पछिपछि, रुपन्देहीमा १३७ थपिँदा बाँकेमा ४४



नेपालगन्ज । लुम्बिनी प्रदेशमा नयाँ कारोना संक्रमित थपिनेमा शुक्रबार पनि रुपन्देही र बाँकेको अगुवाई कायम रहेको छ । शुक्रबार रुपन्देहीमा १३७ जना नयाँ कोरोना संक्रमित थपिँदा बाँकेमा ४४ जना संक्रमित थपिएका छन् ।

दुबै जिल्लाका स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीमा ४७ महिला र ९० पुरुषमा संक्रमण पुष्टि भएको छ भने बाँकेमा १५ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा बुटवलमा ४३ जना, तिलोत्तमामा ३५ जना तथा सिद्धार्थनगरमा २६ जना नयाँ संक्रमति थपिएका छन् । त्यसैगरि देवदहमा १४ जना, सिद्धाधनमा ७ जना, सैनामैना र रोहिणीमा ४।४ जना, सियारीमा ३ जना र मायादेबीमा २ जनामा शुक्रबार संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा शुक्रबार थपिएसँगै कुल संक्रमितको संख्या ५५६७ पुगेको छ । जिल्लामा ६१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

यता बाँकेमा भेरी अस्पताल ल्यावबाट २४ जना नेपालगन्ज मेडिकल कलेज ल्यावबाट १९ जना र बागेश्वरी ल्यावबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा शुक्रबार सम्ममा २९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि आएका थप १६ जना संक्रमितको पनि ज्यान गईसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : २९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय