६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँकेमा १५७ कोरोना संक्रमितले घरमै बसेर दशैं मनाउन पाउने



नेपालगन्ज । बाँकेका बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका १५७ कोरोना संक्रमितहरुले घरमै गएर दशैं मनाउन पाउने भएका छन् । सरकारले आइसोलेसनको अवधि घटाएर १० दिन बनाए पछि उनीहरुले घरमा दशैं मनाउन पाउने भएका हुन् ।

नयाँ मापदण्ड अनुसार बाँकेबाट आज १५७ जना कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन अवधिलाई संशोधन गर्दै १० दिन सम्म कुनै लक्षण नदेखिएका थप ७ दिन घरमा आइसोलेट हुने गरि डिस्चार्ज गर्ने परिपत्र गरे अनुसार डिस्चार्ज गर्ने पत्र आएपछि आईतबार १५७ जनालाई घर पठाउन लागिएको जिल्ला कोरोना बिपद व्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

यस अघि १४ दिन संक्रमितहरु आइसोलेसन बस्नु पर्ने र थप ७ दिन घरमा क्यारेन्टिन बस्नु पर्ने व्यवस्था रहेको थियो । बाँकेमा आज गरिएको डिस्चार्ज अहिले सम्मकै बढी हो ।

बाँकेमा आज सम्ममा २५१४ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ३० जनाको उपचारका क्रममा मृत्यु भईसकेको छ । आज डिस्चार्ज भएसँगै बाँके कोरोनाको अति जोखिम जिल्लाबाट मुक्त भएको छ । सरकारले ५०० बढी सक्रिय संक्रमित रहेको जिल्लालाई अति जोखिममा राखेपनि बाँकेमा आजबाट ४३३ जनामात्र आईसोलेसनमा बाँकी रहेकाले जिल्ला जोखिम मुक्त जिल्ला बनेको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ५२ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९