५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कर्णाली प्रदेशका आफू निकट दुई मन्त्रीलाई हतारमा राजीनामा नदिन ओलीको निर्देशन



काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । उनले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए ।

उनले नेपाल समूहबाट तीन जनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको पार्टी स्रोतले बतायो ।

आफूलाई मन्त्रीबाट हटाउन लागिएको सूचना पाएलगत्तै सामाजिक विकासमन्त्री रावलले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरूप्रति ऋणी रहेको भन्दै स्टाटस लेखेका छन् ।

‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउँन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु,’ रावलले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : २२ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय