१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कर्मचारी नहुँदा सेवाग्राही प्रभावित



काभ्रे । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालयका कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही सेवाबाट वञ्चित भएका छन् ।

कार्यालयका प्रमुखसहितको सबै कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही पुगेर दुःख मात्रै पाएका छन् । महाभारत गाउँपालिका–८ का रमेश सिंतान र जितराम सिंतान र वडा ६ का सुस्मिता बजुले नागरिकता बनाउन सो कार्यालय पुगेपनि त्यत्तिकै फर्केको गुनासो गरे ।

कार्यालयका कामु प्रमुख रामप्रसाद तिमल्सिनाले भने कामको शिलशिलामा जिल्ला सदरमुकाम आएको बताए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने कामु कार्यालय प्रमुख कार्यालयको कामको शिलशिलामा सदरमुकाम आएको र छिट्टै फर्कने जानकारी पाएको बताए । विसं २०७५ साल जेठ ९ गते सो कार्यालय स्थापना गरी सेवा शुरु गरिएको थियो ।

कार्यालयबाट नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि वितरण र राहदानीका लागि सिफारिशसँगै शान्ति सुरक्षा कायम, लागुऔषध र मदिराजन्य पदार्थको नियन्त्रण गर्न स्थानीयस्तरमा समन्वय गरेर काम गर्न अधिकार प्रत्यायोजन गरिएको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : १५ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको अनुरोध

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि