१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

गम्भीर संक्रमितलाई नै छैन शय्या



काठमाडौं । गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

गत बुधबार कोरोना परीक्षण गर्दा काठमाडौंको कीर्तिपुर बस्दै आएका ४१ वर्षीय कपिल बस्नेतको रिपोर्ट पोजेटिभ आयो । उनलाई अत्यधिक ज्वरो आयो । पखाला पनि लाग्यो । उनी आत्तिए । उनलाई अस्पताल लैजान खोजिए पनि परिवारका सदस्यले कतै पनि शय्या खाली नभएको जवाफ पाए ।

कपिलका भाइ सबिन बस्नेतले भने, ‘दाइ धेरै बिरामी हुनुभयो, अस्पतालहरूमा धाएँ । तर धेरै अस्पतालले बेड खाली छैन भने । अनि नजिकैका चिकित्सकको सल्लाहमा दाइलाई औषधि खुवाएर घरमै राख्न बाध्य भयौं ।’

देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । आइतबार देशभर ३७ हजार ७ सय ६५ सक्रिय संक्रमितमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन् ।

प्रदेश १ मा ६ हजार ३ सय २२, प्रदेश २ मा १ हजार ७०, लुम्बिनी प्रदेशमा ३ हजार ६६, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १३५९ र कर्णाली प्रदेशमा ४७० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, देशभर गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ७८ जना भेन्टिलेटरमा र २ सय ८३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आईसीयूमा रहेका संक्रमितमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा १८० जना आईसीयू र ५८ जना भेन्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ३९ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आईसीयूमा उपचाररत छन् । सुदूरपश्चिममा ५ आईसीयू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन् ।

आइतबार देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

आइतबार १३ हजार २३ जनाको पीसीआर परीक्षण भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना पुगेको छ । आइतबार २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो ।

आइतबार काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना थप संक्रमित भेटिएका हुन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : २४ बजे

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको