२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

पाल्पाको बेलौतीडाँडामा सवारी दुर्घटना, उद्योग बाणिज्य महासंघ निर्वाचन प्रचारमा हिँडेका २ व्यवसायिक नेताहरू घाइते 



बुटवल । पाल्पाको बगनासकाली गाँउपालिका बेलौतीडाँडामा सवारी दुर्घटना हुँदा नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको प्रचारमा हिँडेका २ जना व्यवसायी नेताहरू गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा परि महासंघको निर्वाचनको प्रचारमा निस्केका कोहलपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष किशोर आचार्य घाईते भएका छन् । सडकबाट झण्डै सय मिटर तल गाडी खस्दा उनीहरू घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवासमाा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइते अधिकारीको अवस्था गम्भीर रहेको छ । उनीहरू पाल्पा र गुल्मी उद्योग बाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरि पोखरा तर्फ जाँदै थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ०७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको