१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

२१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण



काठमाडौं । प्रतिरोधात्मक क्षमता बलियो भएकालाई कोराना संक्रमण हतपती हुँदैन भनिन्छ । तर, नेपालको तथ्य फरक छ । यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा भएको छ । बिहीबारसम्म तिनको संख्या ५३ हजार २ सय ६९ पुगेको छ ।

त्यस्तै, ३१ देखि ४० वर्ष उमेरका ४९ हजार ७ सय २४ संक्रमित छन् । ४१ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका संक्रमित २९ हजार ९ सय ९२ छन् । यो तथ्यांकले मुख्यतः कामकाजमा निस्कने जनसंख्या बढी संक्रमित भएको देखाउँछ ।

बालबालिका र वृद्धवृद्धामा भने कम संक्रमण देखिएको छ । नेपालमा मात्र नभई अन्यत्र पनि प्रायः यस्तै छ । ‘मैले अध्ययन गर्दा युवाहरू बढी संक्रमित भएको नेपालमा मात्रै होइन’, भाइरलोजिस्ट डा बाबुराम मरासिनी भन्छन्, ‘अन्य मुलुकमा पनि युवा नै बढी संक्रमित छन् ।’

डा मरासिनीका अनुसार युवा जनशक्ति कामका सिलसिलामा बाहिर बढी निस्किने भएकाले उनीहरू धेरै संक्रमित भएका हुन् । अहिले कामकाजी युवा नै छन्’, उनी भन्छन्, ‘उनीहरू नै बढी बाहिर निस्किन्छन् । हाम्रा काम गर्ने ठाउँ प्रायः असुरक्षित छन् । यस्तोमा युवा न वृद्ध सबैलाई उत्तिकै जोखिम हुन्छ । भाइरसको लोड कम हुँदा खासै लक्षण नदेखिन सक्छ ।

भाइरसको लोड बढी भए लक्षण देखिन्छ ।’ सेवा दिने ठाउँमा सुरक्षा नहुँदा संक्रमण बढी फैलिएको उनको ठम्याइ छ । प्रायः कार्यालय साँघुरा कोठा, क्रस भेन्टिलेसन नभएका हुन्छन्’, उनी भन्छन्, ‘यस्तो ठाउँमा संक्रमणको जोखिम हुन्छ । जहाँ काम गर्ने युवा नै हुन्छन् । त्यसैले संक्रमण पनि बढी युवामा देखिएको हो ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुन अबको मुख्य चुनौती नै युवा जनशक्ति भएको बताउँछन् । ‘हिजो कामको सिलसिलामा बाहिरी देश वा भारतबाट आउने पनि युवा थिए ।

यहाँ पनि कामकाजी सबै युवा छन्’, डा पुन भन्छन्, ‘बाहिर हिँडडुल युवा नै गर्छन् । त्यसैले युवामा बढी संक्रमण देखियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ५४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै