१ चैत्र २०८२, आइतबार | March 16, 2026

सिक्टामा काम नगर्ने ३ ठेकेदार कम्पनीलाई ७ दिने पुर्जी, उपस्थित नभए कारवाहीको चेतावनी



नेपालगन्ज। बिगत डेढ दशकदेखि ठेकेदार कम्पनिको चरम लापरवाहीका कारण अलपत्र पर्दै आएको नेपालको राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजनाका ३ ठेकेदार कम्पनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको छ । बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौताअनुसार कार्य सम्पादन नगर्ने कम्पनीलाई आयोजनाले कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत मात्र पुगेको सो आयोजनामा बाँकी काम अगाडी बढाउन ठेकेदार कम्पनीले आलटाल गर्न थालेपछि आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीका नाममा सार्वजानिक सुचना जारी गरेको छ । सुचनामा आफ्नो व्यवसायिक ख्याति र सामाजिक प्रतिष्ठाको ख्याल नै नराखी ठेकेदार कम्पनीले लापरवाही गरेको उल्लेख गरेको छ।

आयोजनाले सात दिने सुचना जारी गर्दे सम्पर्कमा आउन काठमाडौंका पप्पु कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र वीरेन्द्रनगरको अमर(मजदुर जेभीलाई ताकेता गरेको छ ।

निर्माण कम्पनीहरूले सम्झौताको सर्तअनुसार काम नगरेको आयोजनाको सूचनामा जनाइएको छ। निर्धारित अवधिभित्र काम पूरा नगरे नेपाल सरकारको कारबाहीबाट हुने परिणामलाई ध्यानमा राख्न पनि कम्पनीहरूलाई चेतावनी दिईएको छ।

गत आर्थिक वर्ष २०७६र७७ मा पूरा गर्ने लक्ष्य रहेको आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीकै कारण पूरा हुन नपाएको आरोप सरकारी अधिकारीहरूको छ।

४५।२५ किमि लामो पश्चिमी र ५३ किमिको पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर जमिनमा सिंचाइका लागि सो आयोजनाको निर्माण अघि बढाइएको थियो। अहिलेसम्म मूल नहरकै काम पूरा हुन सकेको छैन।

२५ अर्बको लागतमा २०६३ देखि निर्माणाधीन यो मुलुककै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ४९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन