६ पुस २०८२, आइतबार | December 22, 2025

सिक्टामा काम नगर्ने ३ ठेकेदार कम्पनीलाई ७ दिने पुर्जी, उपस्थित नभए कारवाहीको चेतावनी



नेपालगन्ज। बिगत डेढ दशकदेखि ठेकेदार कम्पनिको चरम लापरवाहीका कारण अलपत्र पर्दै आएको नेपालको राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजनाका ३ ठेकेदार कम्पनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको छ । बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौताअनुसार कार्य सम्पादन नगर्ने कम्पनीलाई आयोजनाले कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत मात्र पुगेको सो आयोजनामा बाँकी काम अगाडी बढाउन ठेकेदार कम्पनीले आलटाल गर्न थालेपछि आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीका नाममा सार्वजानिक सुचना जारी गरेको छ । सुचनामा आफ्नो व्यवसायिक ख्याति र सामाजिक प्रतिष्ठाको ख्याल नै नराखी ठेकेदार कम्पनीले लापरवाही गरेको उल्लेख गरेको छ।

आयोजनाले सात दिने सुचना जारी गर्दे सम्पर्कमा आउन काठमाडौंका पप्पु कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र वीरेन्द्रनगरको अमर(मजदुर जेभीलाई ताकेता गरेको छ ।

निर्माण कम्पनीहरूले सम्झौताको सर्तअनुसार काम नगरेको आयोजनाको सूचनामा जनाइएको छ। निर्धारित अवधिभित्र काम पूरा नगरे नेपाल सरकारको कारबाहीबाट हुने परिणामलाई ध्यानमा राख्न पनि कम्पनीहरूलाई चेतावनी दिईएको छ।

गत आर्थिक वर्ष २०७६र७७ मा पूरा गर्ने लक्ष्य रहेको आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीकै कारण पूरा हुन नपाएको आरोप सरकारी अधिकारीहरूको छ।

४५।२५ किमि लामो पश्चिमी र ५३ किमिको पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर जमिनमा सिंचाइका लागि सो आयोजनाको निर्माण अघि बढाइएको थियो। अहिलेसम्म मूल नहरकै काम पूरा हुन सकेको छैन।

२५ अर्बको लागतमा २०६३ देखि निर्माणाधीन यो मुलुककै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ४९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको