२२ बैशाख २०८१, शनिबार | May 4, 2024

२८१७ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु



काठमाडौं । आइतबार कोरोना भाइरसका २ हजार ८१७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना अपडेट पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८१२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आइतबार १ हजार ५३३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना रहेका छन् ।

आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएकाछन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यो कुल संक्रमणको ८१.१ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

 

थप २१ जनाको मृत्यु
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : २८ बजे

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज