६ श्रावण २०८३, बुधबार | July 22, 2026

जो बाइडेनले बल्ल पाए चीनबाट बधाई



अमेरिकाको मुख्य प्रतिपर्धी मुलुक चीनले नवनिर्वाचति राष्ट्रपति जो बाइडेनलाई बल्ल बधाई दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले एरिजोना राज्यमा समेत विजय हासिल गरेपछि चीनले उनलाई बधाई दिएको हो । चीनले बाइडेनलाई उपयुक्त समयमा बधाई दिएको छ ।

यसअघि विश्वका अमेरिकी धुरीका शक्तिराष्ट्रहरु बेलायत, जापान, क्यानडा, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, इजरायल लगायतका मुलुकले बाइडेनलाई बधाई दिइसकेका छन् । अमेरिकाको अर्को प्रतिपर्धी देश रुसले पनि बाइडेनलाई अझै बधाइ दिएको छैन ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् । पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘हामी अमेरिकी नागरिकको छनोटलाई सम्मान गर्छौं । बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौं । चुनावी परिणाम अमेरिकी कानुन र प्रक्रियाअनुसार पुष्टि हुनेछ भन्ने अपेक्षा राख्दछौं ।’

चीनले बधाइ दिन ढिलो गरेको विषयमा अन्तराष्ट्रिय रुपमै चासो बढेको थियो । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनसँग वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ । सन् २०१८ यता चीनसँग अमेरिकाले व्यापार युद्ध चलाउँदै आएको छ भने चिनियाँ प्रविधि र विज्ञानको विकास रोक्नका लागि अमेरिकाले विश्वका अन्य देशलाई समेत दबाब दिँदै आएको छ ।
बाइडेनको कार्यकालमा अमेरिकाको सम्बन्धमा प्रतिस्पर्धा नघट्ने भएपनि ट्रम्पको जस्तै हावादारी र अनुदार व्यवहार नहुने अनुदार नहुने विश्लेषण भैरहेको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ११ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज