१३ श्रावण २०८३, बुधबार | July 29, 2026

काठमाडौंको कपन बालुवाखानीस्थित एक घरमा आगलागी : दाइको मृत्यु, तिहार मनाउन आएकी बहिनी र भान्जा घाइते



काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित एक घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय नारायण बहादुर बस्नेतको घरमा आगलागी हुँदा थप दुई दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ का कृष्ण बहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

३९ वर्षे कृष्ण बहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् ।

उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको डाक्टरले जानकारी दिएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ । राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुई बजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ९ : ०४ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन