२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

कांग्रेस सभापति देउवाद्धारा छठपर्वको शुभकामना व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

छठपर्वलाई नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्त्वपूर्ण र पवित्र पर्व भन्दै सभापति देउवाले सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गरेका हुन ।

उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजले सम्पन्न मुलुक भएको बताए । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने सद्‍भावयुक्त परम्परा रहेको पनि उनको भनाइ छ ।

सबै चाडपर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर रहेको उल्लेख गर्दै सभापति देउवाले चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गरी सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन ।

उनले कोभिड-१९ संक्रमणको जोखिम रहेको अवस्था रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपले पालना गर्दै भौतिक दूरी कायम गरेर पर्व मनाउन आग्रह पनि गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : २५ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस