१८ माघ २०८२, आइतबार | February 1, 2026

विकास पहुँचको आधारमा होइन, आवश्यकतामा हुन्छ : मन्त्री अर्याल



स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताएकी छन् ।

आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने भन्दै उनले भनिन, “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।”
हरेक जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकार दु्रतगतिमा अगाडि बढिरहेको भन्दै त्यसको प्रतिफलमा जनताले घरघरमा स्वास्थ्य सेवा पाएको उनले बताइन । विगतमा सिटामोल खान मुकाम नै जानुपर्ने अवस्था थियो, अब त्यस्ता समस्याको अन्त्य भएको छ । हरेक वडामा स्वास्थ्य एकाइ बनेको छ । मन्त्री अर्यालको भनाई थियो ।

स्वास्थ्य, शिक्षा, खानेपानी, सूचना नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उनले भनिन सरकार हरेक पालिकामा प्राविधिक, सीपयुक्त शिक्षाको अभियानमा छ । स्वास्थ्य, शिक्षाका लागि आवश्यक भौतिक संरचना बनेका छन् ।” लोकतन्त्रमा प्रणालीले राज्य चल्ने भन्दै आवश्यकताका आधारमा विकास भएको उनले बताइन ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ४४ बजे

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१