१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान



बुटवल । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

तेस्रो वार्षिकोत्सवको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाद्वारा बुटवलमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको भवनमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

लकडाउनका बेला रगतको अभावमा कुनै नेपालीले आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा प्रमुख आतिथ्यता मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति धनपति खनाल र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर एजेन्सी मैनेजर मान बहादुर कुँवरको रहेको थियो ।

क्षेत्रीय प्रबन्धक विश्वकर्माले स्वागत मन्तव्य राख्दै रक्तदान गरि कार्यक्रमलाई सफल बनाइ दिएकोमा उपस्थित सम्पूर्ण रक्तदाता तथा व्यवस्थापन सहयोगीहरुमा आभार व्यक्त गरे ।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि खनालले छोटो अवधिमा पनि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रगति गरेको एवं यसरी सर्वसाधारणको जीवन बचाउन रक्तदान कार्यक्रम आयोजना गरेकोमा कम्पनीको सराहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका शाखा, उपशाखाका सबै म्यानेजर तथा शुभचिन्तकहरुको उपस्थिती रहेको उक्त रक्तदान कार्यक्रममा ४१ पोइन्ट रगत संकलन गरिएको बुटवलका शाखा प्रमुख प्रेमप्रसाद आचार्य र जीतपुर उपशाखा प्रमुख चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना २०७४ साल मंसिर १ गते भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ३३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू