१२ बैशाख २०८१, बुधबार | April 25, 2024

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान



बुटवल । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

तेस्रो वार्षिकोत्सवको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाद्वारा बुटवलमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको भवनमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

लकडाउनका बेला रगतको अभावमा कुनै नेपालीले आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा प्रमुख आतिथ्यता मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति धनपति खनाल र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर एजेन्सी मैनेजर मान बहादुर कुँवरको रहेको थियो ।

क्षेत्रीय प्रबन्धक विश्वकर्माले स्वागत मन्तव्य राख्दै रक्तदान गरि कार्यक्रमलाई सफल बनाइ दिएकोमा उपस्थित सम्पूर्ण रक्तदाता तथा व्यवस्थापन सहयोगीहरुमा आभार व्यक्त गरे ।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि खनालले छोटो अवधिमा पनि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रगति गरेको एवं यसरी सर्वसाधारणको जीवन बचाउन रक्तदान कार्यक्रम आयोजना गरेकोमा कम्पनीको सराहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका शाखा, उपशाखाका सबै म्यानेजर तथा शुभचिन्तकहरुको उपस्थिती रहेको उक्त रक्तदान कार्यक्रममा ४१ पोइन्ट रगत संकलन गरिएको बुटवलका शाखा प्रमुख प्रेमप्रसाद आचार्य र जीतपुर उपशाखा प्रमुख चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना २०७४ साल मंसिर १ गते भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ३३ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको