१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

काठमाडौं आइपुगे भारतीय विदेशसचिव श्रृंगला, दुई देशको सम्बन्ध बलियो बनाउने विषयमा छलफल हुने



काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विशेष विमानबाट बिहान १० बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै विदेशसचिव श्रृंगलाले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा प्रयत्न हुने बताए । उनले आफु पहिले नै नेपाल आउन चाहे पनि कोभिडका कारण आउन नसकेको बताउँदै भ्रमणबाट आफु अत्यन्त उत्साहित भएको जनाए ।

नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणमा आएका विदेश सचिव श्रृंगला आजै दिउँसोबाट निकै व्यस्त बन्नेछन् । बिहीबार नै नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो याक एन्ड यती होटलमा हुनेछ ।

लामो समयपछि भारतसँग हुन लागेको उच्चस्तरीय बैठकमा सीमा समस्या र प्रबुद्ध समूह ९ईपीजी० प्रतिवेदन ट्रान्समिसन लाइन, आर्थिक सहयोग, व्यापार उर्जा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यसपछि उनले प्रधानमन्त्री, राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । श्रृंगलालले शुक्रबार नेपाल भारत सम्बन्धबारे सांग्रिला होटलमा आयोजना हुने सेमिनारलाई सम्बोधन गर्नेछन् । उनी भोलि दिउँसो १ बजे स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ११ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले