४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय सेनामा कार्यरत दाङका एक नेपालीको गोली लागी मृत्यु



दाङ । भारतको जम्मुकश्मीरमा शुक्रबार भएको भिडन्तमा भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक युवकको मृत्यु भएको छ ।

आज बिहान ५ बजे रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा निवासी ३० बर्षीय प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो ।

पाकिस्तानी क्षेत्रबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

कश्मीरबाट आज बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए । खत्रीका आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।

गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको छिमेकी तुलसी केसीले बताए ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको