८ चैत्र २०८२, आइतबार | March 22, 2026

ओली पक्षका नेता र सांसदहरुको बैठक बालुवाटारमा जारी



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट नेताहरु र सांसदहरुसँग बालुवाटारमा बैठक गरेका छन् ।

बैठकमा नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टीभित्रको अवस्था र संसद विघटन गर्नुपर्नाको कारणबारे आफु निकटहरुलाई ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेपछि सत्तारुढ नेकपा फुटको अवस्थामा पुगेको छ । राष्ट्रपतिले प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी बैशाख १७ र २७ गतेका लागि तोकेकी छिन् ।

बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले (ओली पक्ष अनुपस्थित) ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव पारित गरेको थियो ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले आजै दिउँसो १ बजे संसदको लोत्से हलमा सांसदहरुको भेला आयोजना गरेको छ ।

 

 

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : १९ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड