३० असार २०८३, मंगलबार | July 14, 2026

संसद विघटनको बाछिटा प्रदेशमा : बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता



हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्न थालेको छ ।

बागमती प्रदेशमा प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड–नेपाल पक्षीय सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

आज कार्यालय समय खुल्ने वित्तिकै पौडेल विरुद्ध असन्तुष्ट रहेका सांसदहरुले १ नम्वरमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रचण्ड–माधव पक्षका ४५ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वासको प्रस्तावको प्रस्तावकमा शालिकराम जम्मरकट्टेल र समर्थकमा अरुण नेपाल रहेका छन् । उनीहरुले पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

यससँगै पौडेल मन्त्रिपरिषदका ३ जना मन्त्रीले राजीनामा समेत दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा आन्तिरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वन वातावरणमन्त्री अरुण नेपाल रहेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १२ : २९ बजे

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको