४ असार २०८२, बुधबार | June 18, 2025

माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवास नजिकको एक घरमा भएको भेटवार्तामा प्रचण्डले दलहरुबीच हालसम्म जारी गठबन्धनको विषयमा छलफल गरेका छन् । नेता नेपालको आफ्नै पार्टीको संस्थापन पक्षसँग सहमतिका लागि प्रयास जारी रहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा मानिएको छ । प्रचण्डले दुई दिन अघि बसेको माओवादी स्थायी समिति बैठकमा नेपाल पक्ष अब सरकारमा आउने सम्भावना नरहेको बताएका थिए । सोही दिन बिहान पनि उनले नेपाललाई भेट गरेका थिए ।

नेपाल पक्षकै कारण सत्तारुढ गठबन्धन मन्त्रिपरिषद् विस्तार गर्न अलमलमा परेको छ । दुई नेताबीचको आजको वार्तालाई सरकारमा सहभागी हुने या नहुने विषयको निर्णायक वार्ता पनि मानिएको छ । नेपाल पक्षभित्र सरकारमा जानुपर्ने र सरकारमा जान नहुने विषयमा समेत विवाद रहेको छ । उता, नेपाल पक्षलाई केही ठाउँ खाली छोड्दै संस्थापन पक्षले एमालेको संगठनात्मक गतिविधिलाई अघि बढाइसकेको । अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई देशद्रोही गद्दारसम्मको आरोप लगाएका छन् । यद्यपी, ओली पक्षकै एकता चाहने नेताहरुले भने अझै पनि नेपालसहित उनी पक्षलाई पार्टीमा समाहित गर्नुपर्ने बताइरहेका छन् ।
नेता नेपाल र ओलीबीच आजै भेट गराउन एमालेको संस्थापन पक्ष र नेपाल पक्षका वार्ताकारहरुले प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : २७ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ