२० असार २०८३, शनिबार | July 4, 2026

माओवादी अध्यक्ष प्रचण्ड र एस अध्यक्ष माधव नेपालबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारुढ गठबन्धन दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सरकारका हालसम्मका काममा समीक्षा र समसामयिक विषयमा छलफल भएको बताइएको छ । मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारको आलोचना बढिरहेको छ । गठबन्धनको बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएपनि त्यसो हुन सकेको छैन । यद्यपी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले भदौ २२ गतेअघि विस्तार नगर्न सुझाव दिइएको बताइएको छ । निर्वाचन आयोगले २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको छ ।

दुई शीर्ष नेताको बैठकमा एमसीसीबारे पनि छलफल भएको आंकलन गरिएको छ । एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरिरहेको छन् भने केही दिनभित्रै एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउन लागेकी छिन् । प्रधानमन्त्री देउवाले सुमार आउनुअघि नै एमसीसीबारे दलहरुबीच सहमति होस भन्ने चाहेका छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा रहेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १२ : १४ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी