१५ असार २०८३, सोमबार | June 29, 2026

नेकपा विवादको टुंगो निर्वाचन आयोगले छिट्टै लगाउने, नाम र चुनाव चिन्ह हामी नै पाउँछौं : प्रचण्ड



काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दलसम्बन्धी विवादको छिनोफानो समयअगावै हुने जनाएको छ ।

निर्वाचन आयोग पुगेका नेकपा प्रचण्ड–नेपाल पक्षीय नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रचलित कानूनको अधिनमा रही समयमै विवादको टुंगो लगाउने बताएका हुन् ।
प्रमुख आयुक्त थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतका नजिरको आधारमा वैधानिकताको निरुपण हुने जनाए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु आधिकारिक नेकपा भएको दाबी पेश गर्दै नाम र चुनाव चिन्ह आफुहरुलाई दिन माग गरेका थिए ।

प्रचण्डले नेकपाको आधिकारिक केन्द्रीय कमिटीका ३१५ जना सदस्यहरु आयोगमा सशरीर उपस्थित भएको जनाउँदै आफुहरु नै वैधानिक भएको दाबी गरे । प्रचण्डले यसअघि नै केन्द्रीय सदस्यहरुको माइन्युट र निर्णय कपि आयोगमा बुझाइसकेको बताउँदै त्यहाँ पनि २९६ जना सदस्यहरुको हस्ताक्षर भएको जनाए ।

अध्यक्ष प्रचण्डले २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको केन्द्रीय कमिटी सदस्यहरुको नामावली पनि निर्वाचन आयोगमा रहेको स्मरण गराए । उनले आयोगले आधिकारिकता, चुनावचिन्ह आफुहरुलाई प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १ : ४१ बजे

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा