६ बैशाख २०८१, बिहिबार | April 19, 2024

पैचो पसल ७ औ वर्षमा प्रवेश : सातै प्रदेशमा पैचो उत्पादन, यसै वर्ष पोखरामा भेजिटेबल मार्ट खोल्ने



बुटवल । नेपालमा कृषिमा आधारित एकमात्र प्रशोधन केन्दमार्फत पहाडी उच्चपहाडी अर्गानिक उत्पादन गर्दैआएको पैचो पसलले ६ वर्ष पुरा भएको छ ।

६ वर्ष पहिला पहाडी र उच्च पहाडी कृषि उपजको बजारीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको पैचोले ६ वर्षका बीच नेपालका ७ वटै प्रदेशमा पहाडी र उच्च पहाडी कृषि उपजबाट उत्पादित खाद्य सामाग्री उपलब्ध गराउन सफल भएको दाबी गरेको छ ।

हरेक वर्ष गु्ल्मीको प्रधान कार्यालयमा औपचारिक कार्यक्रम गरी मनाउने गरेको वार्षिक उत्सव पनि यसपटक पैचोले फरक तरीकाले मनाएको छ ।

कोभिड १९ को कारण देखाउँदै पैचोले आफ्ना सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम गरि मनाएको हो । पैचोले सातौवर्ष प्रवेशलाई यो बर्ष रक्तदान , बेसहारा संग सामुहिक भोजन, बजार सरसफाई , मठमन्दिर संरक्षण लगायतका काम गरेर मनाएको छ ।

आज बिहान पैचोको रुपन्देहीमा रहेका सुख्खानगर,मणीग्राम र होराईजन शाखाको संयोजनमा रक्तदान गरिएको छ । पसलको कर्पोरेट कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।

बुटवलस्थित नेपाल अपाङ्ग आश्रम देवीनगरका आश्रीतहरुसँग आजै पैचोका संचालकहरुले सहभोज गरेका छन् । आश्रममा आश्रित ३० बढी शारीरिक कमजारी रहेकाहरुसँग पैचोका अध्यक्ष दुर्गाप्रसाद भण्डारी, बिष्णु ज्ञवाली, पदम बन्जाडे, राजन पौडेल लगायतले सहभागिता जनाएका थिए ।

त्यस्तै सरसफाई कार्यक्रमअन्तर्गत तानसेन पाल्पा शाखाको आयोजनामा तानसेनको प्रसिद्ध भगवती मन्दिर परिसर तथा बीपी चौकमा सरसफाई कार्यक्रम सम्पन्न भएको पैचोले जनाएको छ ।

उता पैचोको उत्पादन विभाग, रिडी र अर्गली शाखाले हिन्दुहरुको पवित्रधाम ऋषिकेशधाम सरसफाई गरेको छ । स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा प्रहरीको समेत सहभागीतामा ऋषिकेश मन्दिर सरसफाई गरिएको उत्पादन विभाग प्रमुख प्रकाश थापाले बताए । रिडि स्थित संस्कृत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो पोशाक समेत उपलब्ध गराईएको उनले बताए ।

पैचोको प्रधान कार्यालय रहेको रुरुक्षेत्र ४ वलेटक्सारमा पनि पैचो आवद्ध किसान, कर्मचारी तथा संचालकहरुले वलेटक्सार बजार सरसफाई गरेका छन् । प्रधान कार्यालयमा आयोजिक सरसफाई सहितको कार्यक्रममा यस वर्षको वर्ष किसानको सम्मान सहित कृषि क्षेत्रमा योगदान गर्ने किसानहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पैचोका संचालक सदस्य लक्ष्मी पौडेयाल, स्थानीय उद्योग बाणीज्य संघका अध्यक्ष तोयानारायण ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

पैचोका शाखाहरु रहेको दिगाम, खैरेनी र हुँगामा पनि स्थानीय मठमन्दिर तथा बजार सरसफाई कार्यक्रम सम्पन्न भएको पैचो पसलका महा प्रबन्धक सुमन बरालले बताए । गुल्मीको सदरमुकाम तम्घासमा पैचोका कर्मचारीहरु सहितको टिमले बसपार्क सरसफाई गर्नुका साथै उपल्लो तम्घासमा रहेको अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुलाई दिवा भोजन गराएको छ । तम्घास शाखाको संयोजनमा भएको सामूहिक भोजन र सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि सहित उद्योग वाणिज्य संघ तथा होटल पौवाका कर्मचारीहरुले सहभागिता जनाएका थिए । पैचोले ब्यवसायीक कार्य सहित समाजिक उत्तरदायीत्व पनि निभाउँदै गएको पैचोका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए ।

पैचोको वार्षिकोत्सवका सबै कार्यक्रमहरुमा होटल पौवाले सक्रिय सहभागिता जनाएको पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा बुटवलका सञ्चारकर्मीहरुको उत्साहजनक सहभागीता रहेको उनले बताए ।

७ औ वर्ष प्रवेश गर्दै गर्दा पैचोले आगामी वर्षमा गण्डकी प्रदेशको राजधानी पोखरामा पहाडी तथा उच्च पहाडी तरकारी फलफूलको मार्ट खोल्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ३ : २७ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी