१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पछिल्लो २४ घण्टामा ७ लाखभन्दा बढी संक्रमित थपिए, १२ हजार २४९ जनाको मृत्यु



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टाभित्र सात लाख सात हजार ७४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १२ हजार २४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३९ हजार ६४६ र मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४०९ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३६ हजार २२७ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ११२ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार ८१३ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २१३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५९ हजार ९३७, इटलीमा १९ हजार ९७८, ब्राजिलमा ६० हजार ७८, जर्मनीमा १९ हजार १८९, रसियामा २३ हजार ३०९, फ्रान्समा २० हजार ११७, कोलम्बियामा १५ हजार ७९५ तथा इरानमा पाँच हजार ९२४ जना नयाँ संक्रमित थपिएका छन ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : ५३ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा