१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

विश्वभर पछिल्लो २४ घण्टामा ७ लाख १२ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा सात लाख १२ हजार २२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १५ हजार ७६५ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड २७ लाख १५ हजार ९५३ र मृत्यु हुनेको संख्या १९ लाख ८४ हजार ८८७ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ४५८ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ६५३ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४७ हजार ५२५, इटलीमा १५ हजार ७७४, ब्राजिलमा ६१ हजार ८२२, जर्मनीमा २३ हजार २९४, रसियामा २२ हजार ८५०, दक्षिण अफ्रिकामा १८ हजार ५५५, फ्रान्समा २३ हजार ८५२, कोलम्बियामा १५ हजार ८९८ तथा इरानमा ६ हजार ३१७ जना नयाँ संक्रमित थपिएका छन ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ६ : ५५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम