१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड नेपाल पक्षीय नेकपाको स्थायी कमिटी बैठक आज पनि



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विरुद्धको आन्दोलनका थप कार्यक्रम र संगठन निर्माणबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेकपाले पार्टी औपचारिक रुपमा फुटिसकेका कारण देशभरको संगठन विस्तारलाई केन्द्रित गर्नेगरी रणनीति बनाउन लागेको हो ।

प्रचण्ड–नेपाल पक्षले महासचिवल लगायत ओली पक्षीय नेताहरुको स्थानमा को कोलाई ल्याउने, पार्टी एकताको बाँकी काम पुरा गर्ने विषयमा साझा धारणा बनाउन बाँकी छ ।

तर, सरकार विरुद्धको आन्दोलनलाई सशक्त बनाउने बिषयमा भने नेताहरु एकमतका साथ अघि बढिरहेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दासहित नेकपा यतिबेला सडक आन्दोलनमा छ ।

स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा, पार्टीको नाम र चुनाव चिन्हबारे निर्वाचन आयोगमा भैरहेको कामबारे पनि छलफल हुने बताइएको छ ।

 

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : ४४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज