१० चैत्र २०८२, मंगलबार | March 24, 2026

ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने प्रचण्ड-नेपाल नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ‘प्रचण्ड–नेपाल’ पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका साधारणसदस्य समते नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रचण्ड-नेपाल पक्षको शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टीका पूर्वअध्यक्ष ओलीलाई गम्भीर अनुशासन उल्लंघन गरेको आरोप लगराउँदै साधारणसदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टीबाट निष्काशनका लागि ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए । यसैगरी बैठकले पार्टीका महासचिव विष्णु पौडेललाई पनि कारवाही गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले गत पुष ५ गते प्रतिनिधिसभा भंग गरेपछि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रचण्ड नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले अध्यक्षबाट हटाउने सिफारिस गरेको थियो । त्यसलगत्तै पुष ७ गते बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकको सिफारिसलाई सदर गरेको थियो ।

नेकपा अहिले दुई फ्याकमा विभाजन भैसकेको छ । एक पक्षको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व ओलीले गरेका छन् । तर, कानूनी रुपमा निर्वाचन आयोगले भने नेकपाको विभाजनबारे अहिलेसम्म निर्णय लिन सकेको छैन ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ०१ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको