२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

लुम्बिनी प्रदेशमा खोरेत रोग नियन्त्रण अभियान नवलपरासीको बर्दघाटबाट सुरु



बुटवल । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले प्रदेशमा खोरेत रोग उन्मुलन अभियानको सुरु गरेको छ । अभियान अन्र्तगत पहिलो चरणमा २ लाख ८ हजार लाख पशु चौपायहरुमा खोरेतको विरुद्धको खोप लगाईने छ । अभियानको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ बाट औपचारिक रुपमा सुरुवाात भएको छ ।

निर्देशनालयको आयोजानमा बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपताका गाईमा खोरेत विरुद्धको खोप लगाएर अभियानको थालनी गरिएको हो । खोप लगाउनको लागि खटिएका पशु सेवा प्राविधिकहरुलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले खोप, किट वितरण गर्दै अभियानको सुरुवात गरिन् ।

अभियानको सुरुवात गर्र्दै मन्त्री पौडेलले पशु चौपायमा डरलाग्दो समस्याको रुपमा रहेको खोरेत रोग उन्मुलनको अभियानमा सबैले साथ दिनुपर्ने बताईन् । उनले सबैको साथ भएमा देशबाट नै खोरेत उन्मुलन गर्न सकिने भन्दै यसको लागि लुम्बिनी प्रदेश संगै देश व्यापी अभियान संगै छिमेकी देशमा समेत अभियान चलाउनुपर्ने आवश्यक रहेको बताईन् ।

कार्यक्रममा बोल्दै पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारीले पहिलो चरणमा नवलपरासी जिल्लाको बर्दघाटबाट सुरुवात भएको अभियान बर्दिया सम्म पुग्ने जानकारी दिए । उनले पहिलो चरणमा कुल २ लाख ८ हजार पशुमा खोप लगाउने योजना रहेको भन्दै बढि रोगको बढि संभावित ६ जिल्लाहरुमा यो अभियान जारी रहने जानकारी दिए ।

कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलायका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कँुवर, मन्त्रालयको पशुपंक्षि विकास महाशाखा प्रमुख देविराम मरासिनी, लगायतको सहभागीता रहेको थियो । संघीय सरकारबाट अनुदानको रुपमा प्राप्त भ्याक्सीनको लगाउने व्यवस्थापन खर्च भने निर्देशनालयले गर्ने छ । जसको लागि ९० जना पाराभेटहरु परिचालन हुदै छन् ।

 

पजबदबच

द्द ब्ततबअजmभलतक

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : ०७ बजे

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा