२९ असार २०८३, सोमबार | July 13, 2026

बागमती प्रदेशसभामा मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश



काठमाडौं । अन्ततः बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

नेकपा प्रचण्ड-नेपाल पक्षका सभासदहरुले मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बैठक डाक्न आलटाल गरिए पनि आज शुक्रबार उनी विरुद्ध प्रस्ताव पेश भएको हो ।

बैठकको प्रारम्भमा नै प्रचण्ड-नेपालपक्षका सभासदहरुले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका थिए ।

दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए ।

पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पार्टी विवादका कारण राजिनामा दिएका पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

सांसद नेपालले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत जानकारी गराएका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले अविश्वासको प्रस्तावमाथि बोल्ने कार्यक्रम तय भएपनि अविश्वासको प्रस्तावमाथिको कारबाही भने आजै सुरु हुन सकेन ।

सचिवालयका अनुसार अविश्वास प्रस्ताव कार्यान्वनका लागि कार्यविधि तय भइसकेको छैन । कार्यविधि तय गर्न सर्वदलीय कार्यदल बनेको छ । कार्यदल छलफलकै चरणमा छ । कार्यदलले कार्यविधि तय गरेपछि अविश्वासको प्रस्ताव कारबाही प्रक्रियामा प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : १६ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की