२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा भाटभटेनी पछिको ठूलो मार्ट सञ्चालनमा आउँदै



बुटवल । आधुनिक मार्ट संस्कृतितिर उपभोक्ताको आकर्षण बढ्दै गएको कुरालाई दृष्टिगत गर्दै बुटवलमा एउटै छातामुनी ग्रोसरी, शैक्षिक सामग्री र खेल तथा फर्निसिङका सामाग्री पाइने पसल खुल्ने भएको छ ।

शैक्षिक सामाग्रीको मात्र मार्ट संचालन गर्दै आएको डेल्टा एजुकेशन मार्ट प्रालीले अन्नपूर्ण हाइपर मार्केटीङसँग साझेदारी गर्दै कारोबार वृद्धि गरेको छ ।

मार्ट संचालनका सम्बन्धमा शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मार्ट संचालकले लघु उद्यमी तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिएर व्यवसाय संचालन गरिने जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ३ वटा फरक फरक तह बनाएर संचालन गरिने मार्टमा पहिलो तलामा ग्रोसरीसहित फलफूल तराकरी तथा माछा, मासुजन्य सामाग्रहीहरु उपलब्ध हुनेछन् । दोस्रो तलामा शैक्षिक सामाग्रीका सम्पूर्ण भेराईटीहरु उपलब्ध हुनेछन् । तेस्रो तलामा खेल सामाग्री, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु उपलब्ध हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै डेल्टा एजुकेशन मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले विश्व बजारमा देखिएको मार्ट प्रतिको आकर्षणलाई दृष्टिगत गर्दै आफहरुले पनि अत्याधुनिक मार्ट खोल्न थालेको बताए । उपाध्यायाले एउटै छातामुनी सबै सामाग्री पाइने र ठूलो परिमाणमा खरिद बिक्रि समेत हुने भएकाले मार्टबाट उपभोक्ताले सस्तो मुल्यमा सामान पाउने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण हाइपर मार्केटिङका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले मार्टले सामान्य रिक्सा चालकदेखि उच्च घरानाका उपभोक्ताको समेत आवश्यकता पुरा गर्ने लक्ष्य राखेको बताए । पाठकका अनुसार मार्टको प्राथमिकतामा स्वदेशी उत्पादन, लघु घरेलु उत्पादन र त्यसमा पनि स्थानीय उत्पादन रहनेछन् । नेपालमा उत्पादन नभएका माल वस्तुको हकमा भने विदेशी उत्पादन पनि मार्टमा उपलब्ध हुने उनले जानकारी दिए ।

मार्ट संचालनका लागि डेल्टा एजुकेशन मार्टले ३४ करोड लगानी गरेको छ । यस्तै अन्नपूर्ण हाइपरले ५ करोड लगानी गरेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो करदाता बन्ने लक्ष्यका साथ मार्ट संचालन गरिएको संचालकहरुले बताएका छन् ।

बुटवलमा भाटभटेनी सुपर मार्केटसहित साना ठूला दर्जन बढी मार्टहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : १२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले