१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

तेश्रो पुस्ता



सन्तान जन्माउने उत्कट अभिलाषामा धनीराम र मैना । जस अनुसार प्रकृतिले उनीहरुको अभिलाषा सिद्ध गरिदिइन्,धमाधम सन्तानहरुको जन्म दिएर । लगतार चार छोरीपछि एक छोरा । घरमा उमङ्ग भरियो । मानौं सपनाको ढोका उघ्रिएको थियो उनीहरुको । वंश रक्षकको उदय भएकोमा । पहिला छोरीले लक्ष्मीको दर्जा पाएकी थिई । दोश्रो पटकदेखि नैराश्यताले खुम्चिएको उनीहरुको निधार छोराको उदय पश्चात तनक्क तन्कियो, । मनमस्तिष्कमा उल्लास नाच्यो । न्वारानको दिन रौनकमय बन्यो । धनी बाबुको पहिलो छोरा दौलतरामको त्यसपछिका प्रत्येक पलहरु पूर्णतामा हाँसिरह्यो ।

कथाकार

समयचक्र । धनीराम जोडीको जीवनका फूलहरु ओइलाउदै गयो भने दौलतरामको सपत्नी जीवनका कामुक लालुपातेहरु फुलेर रङ्गिन भए ,ढकमक्क । दिनको घाम र रात्रीको जुन उकालो चढ्दै गर्दा उनीहरुबाट पनि पुत्र पैदा भयो, ललितराम ।

जसै दौलतरामको बहार उन्मादमा चढेर क्षितिज नजिक उक्लिरहेको थियो, उसका अग्रज पुस्ता धनीराम जोडी क्षितिज पारिबाट अस्तयतिर झरिरहेका थिए । उनीहरुको रस रङ्गमा सुक्खा लागेर जीवनका पातहरु पहेँलिएर झर्ने बेलामा उनीहरुलाई जति अशक्तताले थिच्दै ल्यायो,उति दौलत पति–पत्नीलाई बुढाबुढी बोझिलो हुँदै आए ।

बृद्ध धनीराम जोडीलाई आफूबाट जन्म भएको सन्तान दौलतभन्दा ऊबाट पैदा भएको नवदीत तेश्रो पुस्ताको नाति ललितरामप्रतिको माया एक कदम अगाडि प्रगाढ थियो । मन्दिरतिर घुम्न गएका बेला नातिले मन पराउने वस्तु मीष्ठान्न तथा खेलौनाहरु किनेर ल्याई हात पारिदिन्थे,प्राय सधै । रगतको नाताको मायाले खिचेर होकि शायद ललितराम पनि हजुर बुवा आमालाई औधि माया गथ्र्यो । आश पनि गथ्र्यो, बुढाबुढी बजार गएभने केही न केही ल्याइदिन्छन् अवश्य । नाति सदा प्रफुल्ल रहन्थ्यो ।

यो पहिलो– तेश्रो पुस्ताको माया,आत्मीयता घनिभूत थियो । अकस्मात मैनालाई स्तनमा प्राणघाति क्यान्सर रोगले समातेछ । वैद्य,धामी, डाक्टरी गराउँदा गराउँदै पति धनीरामलाई एकल छोडी,सांसारिक रुखबाट भुर्रर उडेर जीवनको गन्तव्यतिर लागिन् । धनीराम विक्षिप्त भएर केही समय बेहोस भए । नाति ललितको क्रन्दन धेरैबेरसम्म जारी रह्यो । छोरो दौलतको अनुहारमा केही बेर बादल छाए पनि एकछिनपछि बाटो सुधारिन् आमाले । जे भो ठीकै भो भन्ने मनस्थितिमा पुगेर सांस्कारिक पुत्र धर्म,कर्म निभाउने तर्खरतिर उन्मुख भयो । बुहारी कामिनी खाने दाँत लुकाउदै देखाउने दाँत देखाएर सुक्खा आँखा फरियाको टुप्पोले आँशु पुछेको अभिनय गर्न थाली, अन्तर्यमा एउटा झन्झट पन्छिएकोमा फुर्किदै ।

पत्नी विछोडको विह्वलतालाई एक बर्ष लतारेपछि धनीरामलाई तीर्थाटन भ्रमणले आत्मा जगायो । र छोरालाई प्रस्ताव राखे । एक बर्षे मातृशोकको औपचारिकता कटाएको दौलत दुविधामा थियो ।

एकदिन, विरामी सासुको स्याहारदेखि दिक्क मानेको महसुस गरेकी कामिनीले आफनो मनमा बिझाइरहेको कुरा लोग्नेको कानमा पोखी– “अब ससुरालाई वृद्धत्वले ग्रस्त पारिसकेकोछ । दिनप्रतिदिन नाजुक बन्दै हुनुहुन्छ । तपाई बाहिर बाहिर काममा मात्र हिड्नु हुन्छ । मैले आफनो बच्चालाई हेर्ने कि, भित्र भए पनि घरको अनेक कामहरु हुन्छन् त्यो गर्ने कि बुढाको चाकरी गर्ने? त्यसैले उनको केही व्यवस्था नगरी भएन”।

दौलतले स्वास्नीको प्रस्तावतिर आकृष्ट हुँदै आफनो प्रस्ताव राख्यो–“त्यसो भए, बालाई बृद्धाश्रम पु¥याइदिउँ त ? त्यहीँ आनन्दसंग बस्नु होला । तीर्थ लग्दे भन्दै हुनुहुन्छ । एकफेरा एकदुईवटा तीर्थस्थल घुमाएर अलिकति पैसा जम्मा गरी वृद्धाश्रम लगेर राखिदिउँ त ?”

विकल्पको जरो पत्ता लागेको खुशीमा कामिनीको सहमति–“हो,..अति उत्त म उपाय । ठीक भन्नु भो तपाईले । अलिकति रकम जम्मा गरिदिएर बुढालाई वृद्धाश्रम छाडी आउनुस् । स्याहार पनि उतै गर्छन्,औषधी पनि ।”
मतैक्यता मिल्यो । कार्यान्वयन पनि भयो । बाबु धनीरामलाई छोरा बुहारीको तुच्छता,पत्नी गुम्दाको विह्वलताको मानसिक पीडापछि अर्को पीडा थपियो । आफूले माया गरिने प्रेमास्पद र आफूलाई माया गर्ने नातिसंग अलग हुनुको पीडा पनि थपियो । धनीरामको विगतको स्मृतिले वर्तमानलाई पोलिरह्यो भने वर्तमानको आगत केवल सपनाको गर्तमा भासिगयो ।

हजुरबालाई लिएर गएको बाबु केही दिनमा एक्लै फर्किएर आएको देख्दा पाँच बर्षको बालक ललितरामको मानसिकतामा आघात परेछ । बाबुलाई दह्रो जिज्ञासाको चट्कन दियो– “बाबा ! बाबा ! हजुर मात्र आइसियो ? हजुर बा खैत ?”निश्छल बालकको सत्य उद्घाटित भयो –

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ३२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका