१७ बैशाख २०८१, सोमबार | April 29, 2024

संस्कार नभएका ओलीले अरुको बदख्वाईं गर्छन् : माधव नेपाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली राम्रो संस्कार देखाउन नसक्ने चरित्रको मान्छे भएको टिप्पणी गरेका छन् ।

बुटवलमा बिहीबार प्रतिनिधिसभा विघटन विरुद्ध आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राम्रा कुरा सुन्नै नसक्ने ओलीमा गतिलो संस्कार नभएको टिप्पणी गरेका हुन् । ‘केपी ओलीले अगतिला कुरा मात्र बोल्न जान्नु भएको छ,’ नेपालले भने, ‘जहिल्यै अगाडि बढ्ने कुराको विरोध गर्नु भएको छ ।’

नेपालले ओलीलाई समयको गति बुझ्न नसक्ने व्यक्ति भएको समेत आरोप लगाए । उनले भने, समयको पछिपछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याएकै कारण आजसम्म दुःख पाइयो । तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा ओलीले जालझेल गरेर १५÷२० भोटले अध्यक्षमा जितेको समेत नेपालले बताए ।

१५ वर्ष अघि लोकतान्त्रिक आन्दोलनमा ओली सहभागी नभएको बताउँदै नेपालले बैशाखमा चुनाव गर्ने ओलीको दाबी पनि विफल हुने भविष्यवाणी गरे । ‘केपी ओलीले न्यायपूर्ण आन्दोलनको अगुवा गर्नु भएको छैन, उहाँमा पछाडि बसेर अरुको बदख्वाँई गर्ने बानी परेको छ’, नेपालले आरोप लगाए ।

ओलीले अरुको बदख्वाईं मात्रै गर्न जानेको पनि अध्यक्ष नेपालले टिप्पणी गरे । ‘खालि बकबक गर्नुु हुन्छ । उहाँलाई रिस उठ्यो भने पत्रकार, वकिललाई, न्यायाधीस सबैलाई गाली गर्नुहुन्छ । मञ्चमै रहेका पूर्वमन्त्री वर्षमान पुन, घनश्याम भुसाल र चन्द्रप्रकाश खनालतिर देखाउँदै उनले थपे, ओलीले आफ्नै मन्त्रीलाई समेत गाली गर्दै आउनुभएको छ । त्यसको एकभारि फेहरिस्त आफूसित छ’ ।

नेपालले निर्वाचन आयोगले ओलीको पार्टीलाई अस्वीकार गरेको दाबी गर्दै बहुमत केन्द्रीय सदस्य रहेको पार्टी नै मुल पार्टी बताएको जिकिर गरे । केही दिनमा अन्य नेताहरु समेत आफ्नो पार्टीमै फर्किने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ४ : ४४ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको