१ पुस २०८२, मंगलबार | December 16, 2025

माधव नेपालले भने, – ओलीको पार्टी सडक छाप पार्टी



विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको निर्णय संगै ओराला लागि सकेको बताएका छन् ।

पार्टीले शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले ओलीलाई धक्का दिएसँगै ओलीको भविश्य ओरालो लागेको दाबी गरे ।

अध्यक्ष नेपालले निर्वाचन आयोगले १५ सय १ लाई अमान्य भन्दै ओलीको पार्टीलाई सडकछाप बनाईदिएको बताए । ‘आयोगले तपाईँको सडक छाप पार्टी १५ सय १ को काम छैन भन्यो,’ उनले भने। ‌

उनले ओली पक्षलाई गुटको संज्ञा दिंदै ओली गुटमा गुटको अहिले विजोग भइरहेको सुनाए।उनले केपी ओली नेतृत्वको पार्टी न घरको न घाटका भएको आरोप लगाउँदै केपी ओलीले कहिल्यै रचनात्मक काम गर्न नसक्ने ठोकुवा गरे ।

अध्यक्ष नेपालले ओलीले पार्टीमा तमासा गरेको आरोप आरोप लगाउँदै प्रथम अध्यक्ष दाबी गर्ने ओलीले नै पार्टीको अनुशासन उल्लंघन गरेको बताए । ‘पार्टीभित्र कसैले तमासा गरिरहेको छैन। आफूलाई प्रथम अध्यक्ष भन्ने अनि पार्टीको अनुशासन उल्लंघन गर्नेरु कम्युनिस्ट पार्टीको क ख… पढेकाले पनि भन्न सक्छ अनुशासन भनेको के भनेर।’

ओलीले बाटाबाटामा डमरु बजाउँदै आउनुस् केन्द्रीय सदस्य लिनुस् भनेको नेपालले आरोप लगाए। उनले पार्टीमा तमासा देखाएर नपुगेर ओलीले संविधानकै घाँटी निचोरेको समेत आरोप लगाए ।

आफूले नयाँ समाजको निर्माण गर्न चाहेको नेपालले बताए। कसैले ओलीको भ्रमलाई पत्याउन नहुने नेपालको भनाई छ ।

नेपालले नेकपाको अन्तरविरोध पदको नभएर विचारको लडाइ भएको बताउँदै पार्टी कस्तो बनाउने लडाई पनि भएको बताए । ‘केपीलाई पार्टीको मतलब छैन,’ उनले ओलीलाई आरोप लगाउँदै भने, ‘लोकतन्त्र सिध्याउन लाग्नुभएको छ। उहाँलाई समावेशीतासँग अरुचि छ। उहाँ बनाउने होइन बिगार्ने काम गर्नुहुन्छ। हामी बनाउने कामममा हामी जुटेका छौं। हामी र केपी ओलीमा आकाश पातलको फरक छ।’

केपी ओलीलाई नवौं महाधिवेशनमा जिताउनु पार्टीको कमजोरी भएको उनको भनाई छ। उपाध्यक्ष वामदेव गौतमले समेत ओलीलाई जिताउनु गल्ती भएको स्वीकारेको नेपालले बताए।

‘केपी ‌ओलीलाई जिताएमा पार्टीमा दुर्दशा हुन्छ भनेको थिएँ। बामदेवले भनिरहेका छन्। कस्ता मानिसलाई जिताइएछ,’ उनले भने।

एमाले-एमाले एक हौ भनेर प्रचार गरिएको भए पनि केपी ओली कहिल्यै एमाले नभएको उनको आरोप थियो।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ४ : २४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा