१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जनसभालाई सम्बोधन गर्न प्रचण्ड-नेपाल पुगे धनगढी



धनगढी । पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धनगढी पुगेका छन् ।

सुदुरपश्चि प्रदेशको राजधानी धनगढीमा आज आयोजना हुन लागेको जनसभालाई अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्ड शनिबार बिहान बुद्ध एयरको जहाजमार्फत धनगढी पुग्दा सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र नेताहरु एवं मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरुले स्वागत गरेका छन् । अर्का अध्यक्ष माधवकुमार नेपाल भने हिजै धनगढी पुगेका थिए ।

गत पुष ५ गते नेकपामा आएको विभाजनसँगै प्रचण्ड–नेपाल पक्षले सुदुरपश्चिम प्रदेशमा पहिलो विशाल सभा गर्न लागेको हो । यसअघि ओली पक्षले धनगढीमै सभा गरिसकेको छ ।

सभामा ५० हजार भन्दा बढीको जनसहभागिता हुने नेकपाले दाबी गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ५७ बजे

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका