१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रदेश १ प्रदेशसभा बैठक नेकपा ओली पक्षबाट अवरुद्ध, अविश्वासको प्रस्ताव पेश हुन सकेन



विराटनगर । संसदीय व्यवस्थाको नौलो प्रयोग अपनाउँदै प्रदेश नम्बर १ मा सत्तारुढ दलका सांसदहरुले संसद अवरुद्ध गरेका छन् । आज अपरान्ह सुरु भएको प्रदेश १ को प्रदेशसभा बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली पक्षले अवरुद्ध गरेको छ ।

संसद सचिवालयमा दर्ता भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचि सहित आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली पक्षका सांसदहरुले अवरोध गरेका हुन् ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन । तर सभामुखले डाकेको प्रदेशसभा कार्य व्यवस्था समितिको बैठकमा अविश्वासको प्रस्ताव पेश गरे लगत्तै संसद बैठक स्थगित गर्ने सहमती भएको थियो । सत्तारुढ नेकपा ओली पक्षका सांसदहरुले बैठकको सहमती विपरित संसद अवरुद्ध गरेका हुन् ।

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ५ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज