२० बैशाख २०८१, बिहिबार | May 2, 2024

ओली पक्षको अल्पमत केन्द्रीय बैठकबाट युवासंघ संयोजक दीपशिखालाई संयोजकबाट निश्कासन



काठमाडौं । नेकपामा मुल पार्टी विभाजन भएसँगै जनवर्गिय संगठन र शुभेच्छुक संगठनहरु विभाजन हुने क्रमले पनि तिब्रता पाएको छ । पार्टी एकिकरणका बेला भागवण्डाका आधारमा नेतृत्व पाएको भातृ संगठनहरुमा नेतृत्व आफुले नपाएका संस्थाहरुमा नेतृत्व हटाउने र नेतृत्व पाएको स्थानमा पदाधिकारीलाई निस्काशन गर्न दुबै पक्षका भातृसंगठनहरु जोडतोडले लागेका छन् ।

एकले अर्कालाई निस्काशन गर्ने लहडको पछिल्लो कडी बनेका छन्, युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दिपशिखा । नेकपाको ओली पक्षले आफु निकट युवाहरुलाई काठमाडौमा भेला गरेर राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाउने निर्णय गरेको छ । ललितपुरको च्यासलमा आइतबार बसेको ओली पक्षको युवा संघ केन्द्रीय कमिटीको बैठकले सापकोटालाई हटाउने निर्णय गरेको हो ।

प्रचण्ड–नेपाल पक्षमा कित्ता क्लियर गराएका संयोजक सापकोटालाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा अल्पपमत केन्द्रीय कमिटीको बैठक बसेको थियो । सोमबारसम्म चल्ने बैठकले नयाँ संयोजक तोक्ने तथा प्रचण्ड-नेपालपक्षमा खुलेका अन्य केन्द्रीय सदस्यहरुलाइ पनि हटाउने तयारी भएको बताईएको छ ।

३३५ सदस्यीय संघको केन्द्रीय कमिटीमा आफुसँग स्पष्ट बहुमत रहेको प्रचण्ड-नेपाल पक्षले दाबी गरेको छ । गत माघ ४ गते बसेको प्रचण्ड-नेपाल पक्षको युवा संघमा बैठकमा २५० बढी केन्द्रीय सदस्य बैठकमा सहभागी भएको सो पक्षले बताएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ५९ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा